लालपूर्जा दिलाउने आश्वासन दिएर सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ ठगेको आरोप

बिरगंज । लालपूर्जा दिलाउने आश्वासन दिएर नापी कार्यालय पर्साको सेवाग्राहीलाई ठगी गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । पर्साको पकहा मैनपुर गाउँपालिका–२ घर भई वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका ६० बर्षका दिनेश भनिने उमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

लालपूर्जा दिलाउने आश्वासन दिएर सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ ठगेको आरोप उनीमाथि लागेको छ । वीरगञ्जको आदर्शनगर स्थित एभरेष्ट बैंकबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १ लाख २५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।उनी निजामती कर्मचारीको जस्तै पोशाक लगाएर नापी कार्यालयमा आउने र कर्मचारीलाई अतिरिक्त रकमा लेनदेनमा सघाउने कार्यमा सक्रिय रहेको स्रोतले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close