नेपाल औषधि व्यवसायि संघको स्थापना दिवसको अवसरमा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज,१०असार । नेपाल औषधि व्यवसायि संघको ४९ औं स्थापना दिवसको अवसरमा  आज वीरगंज २३ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पर्सा शाखाको आयोजना तथा दृष्टि आँखा अस्पतालको प्राबिधिक सहयोगमा  आयोजित  शिविरमा ४६५ जनाको आँखा परिक्षण र औषधि बितरण गरिएको थियो ।संघका पर्सा अध्यक्ष ताजुदिन अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अजय कुमार यादव, महासचिव विश्वराज गौतम, कोषाध्यक्ष प्रमोद कुमार सर्राफ, सचिव पंकज कुमार साह, उप कोषाध्यक्ष रामबिनोद  प्रसाद,कार्य समिती सदस्य अब्दुल सतार  अंसारी, अरुणदय बाल ईङ्गलिस बोर्डडिङ्ग स्कुलका नरेश साह  लगायतको उपस्थिती रहेको कार्यालय सचिव रामपुकार साहले  जानकारी दिनुभयो । शिविरमा बिद्यालयका बिद्यार्थी,वडा नम्बर २३ अन्र्तगतका प्रसौनी बिर्ता र सवैठवा टोलका स्थानियहरुको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close