औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंज द्वारा प्रतिबन्धित औसधि सहित एक जना भारतिय नियन्त्रणमा

वीरगंज । वीरगंजमा औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजले नया सेलिले छापामारी गरिएको देखिएको छ । भारतबाट चोरीपैठारी गरि अनुमति प्राप्त नभएको प्रतिबन्धित औषधि सहित एक जना भारतिय नागरिक लाई नियन्त्रणमा लिएको छ । औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारको सथै उन्कै नेतृत्वमा खटेको निरिक्षकको टोलीले प्रतिबन्धित औषधि सहित एक जना भारतिय नागरिक लाई नियन्त्रणमा लिन सफल भएका छ्न ।

हप्तौं देखि गोप्य रूपमा स्टिङा अपरेसन गर्दा गर्दै एहि मङ्गलवार दिउसो समयमा वीरगंजको माइस्थान चौक बाट नियन्त्रणमा लिन सफल भएका छ औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारले बताउनु भएको छ ।टोलीले भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारन, रक्सौल वडा नं. ०९ बस्ने ४० वर्ष को उदय शंकर प्रसाद (सुखाडी प्रसाद भन्ने) लाई बिना ईजाजत तथा दर्ता नभएको औषधि ओसार पसार तथा बिक्री वितरण कसुर मा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । प्रसाद बाट DSP टेबलेट , B to Z केपशुल , Nicip Plus टेबलेट , Ropraz-D SR केपशुल , Ceflox-CF ओइन्ट्मेन्ट जस्ता औषधि बरामद भएको थियो । औषधि व्यवस्था बिभागलाई नेपाल सरकारले विसं १९७९ मा स्थापना गर्यो। र विसं २०४१ पौष पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा गएको थियो । DDA स्वास्थ्य र जनसंख्या मन्त्रालय अन्तर्गत तीन विभागहरू मध्ये एक हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close