चितवनको माडीमा सम्पन्न हुनै लागेको मगोई खोलाको पुल निर्माणमा अझै सुस्तता देखाएन स्थानीय निकायले चासो ?

अजित अधिकारी
चितवन । माडीको मगोई खोलाको पुल निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यमा सुस्तता देखिएको छ ।

खासगरी अहिले माडीको प्रमुख समस्याको रूपमा मगोई खोलामा पुल सम्पन्न हुन नसक्नु हो । बर्षातको समय नजिकिदै गर्दां निर्माण ब्यबसायीले कानमा तेल हालेर बस्दा यो बर्षामा पनि जनताले सास्ती खेप्नुपर्ने देखिन्छ ।

पुल निर्माणको लागि ठेक्का पाएको सपना लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले निर्माण कार्यमा ढिलासुस्ती गर्दा बर्षायामको समयमा खोलामा अत्याधिक बाढी आउने हुँदा पुल निर्माणको कार्य अलपत्रसंगै जनतालाई सास्ती हुने भएको छ ।

हामीले यस विषयमा बारम्बार आवाज उठाइरहदापनि अझैसम्म बीसको उन्नाइस हुन सकिरहेको छैन । ठेकेदार पक्षले बाताबरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) पूरा नभएका कारण र बढ्दो महँगीका कारण निर्माण कार्यमा ढिलाइ भएको बताएको छ ।

उता, मगोई खोलाको पुल निर्माण कार्य अधुरै रहदापनि स्थानीय निकाय बेखबर बनिरहेको छ ।निर्माण कार्यमा सुस्तता भइरहदा स्थानीय निकायले यस विषयमा ठेकेदार कम्पनीलाई ताकेता नगर्नुले पनि पुल निर्माणमा ढिलासुस्ती भएको स्थानीयको भनाइ छ । जसका कारण यतिबेला स्थानीय निकाय र निर्माण पक्षको सामाजिक संजालमा चर्को बिरोध भएको छ ।

काम नगर्ने गफले मात्र आकाशका तारा झार्न खोज्ने नेताको परिबृतीका कारण माडी सधैं बत्तीमुनीको अँध्यारो बन्दै आएको हो ।

संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गत हुलाकी लोकमार्ग परियोजनाको ६ करोड ५१ लाखको लागतमा उक्त पुल निर्माण भइरहेको हो । यसैगरी बि.स. २०७४ साल असार २८ गते ठेक्का सम्झौता भएकोमा निर्माणको समयसीमा गतबर्ष नै सकिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close