एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

वीरगंज,जेठ ३१
नेकपा एमाले पर्साले आज  जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । पर्सा अध्यक्ष जयप्रकाश थारुको अध्यक्षमा भएको कार्यक्रममा निर्वाचित पालिका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य ,जिल्ला समन्वय समिती पर्साका उपासभापति,सदस्यहरुलाई सम्मानित गरिएको हो । नवनिर्वाचित जनप्रनिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्व मन्त्री पुरूषोतम पौडेल तथा ज्वाला साहले माला ,गम्छा र टीका लगाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरूले जनमुखी कार्यगरि अझै जनताको मन जित्ने कार्य योजनामा लाग्न  सुझाएका थिए । संघिय र प्रदेशको निर्वाचनमा पर्सामा पार्टी प्रतिको आकर्षणलाई अझै बढाउनका लागि जनप्रतिनिधिहरूलाई निर्देशन पनि गरिएको छ । कार्यक्रममा जिल्ला ईन्चार्ज प्रभु हजरा,प्रदेश सचिव डा. कृष्ण पौडेल,प्रदेश सदस्य ,सरस्वती चौधरी,आरती भण्डारी बसरूदिन अंसारी, बिचारी यादव,शम्भु गुप्ता,महानगर उपाध्यक्ष महेश दास,सचिव सुन्दर कुर्मी ,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close