जिल्ला समन्वय समिति पर्साको प्रमुखमा जसपाका सोनार बिजयी

वीरगंज, जेठ २७। जिल्ला समन्वय समिति पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका छन । आज भएको निर्वाचनमा जसपा एमाले गठबन्धनका सम्पुर्ण उम्मेदवार बिजयी भएका हुन । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार , समितिको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत मात्रै पाएका छन् ।यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाएकी छन् ।जिससको ७ जना सदस्यमा जसपाका विजय कुमार राउत , राजपति देवी , व्यान्ति देवी कुर्मी , एमालेका राम प्रसाद यादव , सुशीला कामी , श्रीकान्ति देवी थरुनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् । निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि २८ जनाले मतदान गरेका थिए ।जिसस पर्साको निर्वाचनमा जसपाले एमालेसंग गठबन्धन गरेको थियो । काँग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close