मेयर सिंह र भाजपाका सांसद् डा. जयसवाल बीच भेटघाट

वीरगञ्ज, ९ अषाढ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंह र भारतीय जनता पार्टी बिहार प्रदेशका अध्यक्ष डा. सञ्जय जयसवाल बीच भेटघाट भएको छ ।

भारतको बिहार राज्यअन्तर्गत पर्ने बेतिया क्षेत्रका सांसद्समेत रहेका डा. जयसवाल र मेयर सिंह बीच बिहिबार वीरगञ्ज महानगरपालिकाको कार्यालयमा भेटघाट भएको हो ।

भेटघाटका क्रममा डा. जयसवालले मेयर सिंहलाई मेयर निर्वाचित भएकोमा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

वीरगञ्जसँग जोडिएको सिमावर्ती क्षेत्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा दुवै बीच छलफल भएको मेयर सिंहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मेयर सिंहले सिमाले गर्दा देश छुट्टाछुट्टै भएपनि दुबै बीच सांस्कृतिक, पारमपरिक, भाषागत र अन्य कयौं किसिमले समानता भएको बताएका थिए । सिंहले दुवै देश बीचको सम्बन्ध कुटनीतिक नभएर पारिवारिक र सांस्कृतिक भएको जिकिर गर्दै यस क्षेत्रको विकासका लागि वीरगञ्ज महानगर सधै हात्तेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close